मन्थली, २१ असोज । लामो समय देखि हुन नसकेको रामेछाप –काठमाण्डौ को उडान अब हप्तामा तीन दिने हुने भएको छ । स्थानीय प्रशासन, निवर्तमान संघिय सांसद, राजनितिक दल , नागरिक समाज र शान्तिदीप युवा क्लवको विषेश पहलमा आज बाट समिट, सिता र तारा एयरले नियमित रुपमा उडान भर्ने भएका हुन् ।
हिजोआज रामेछापको मन्थली विमानस्थल बाट दैनिक रुपमा ५० देखि ६० वटा लुक्ला उडान हुने गरेको भएपनि रामेछाप– काठमाण्डौ उडान भने हुने गरेको थिएन ।
असोज १७ , १८ गतेको लगातार बर्षाका कारण जिल्ला सदरमुकाम बाट काठमाण्डौ जोड्ने छोटो दुरीको विपी राजमार्ग को विभिन्न ठाँउमा रोशी खोलले क्षति पुर्याएपछि मन्थली बाट चरिकोट हुँदै सिन्धुपाल्चोकको खाडीचउर बाट काडमाण्डौ पुग्न लामो दुरी हुने भएका कारण यहाका स्थानीयले यो संकटको घडिमा हवाइजहाजकाे रामेछाप काठमाण्डौ पनि सेवा दिन दवाव सहित अग्रह गरिएकाे थियाे ।

मन्थली बाट विपी राजमार्ग हुँदै काठमाण्डौ पुग्न १२५ किमि पार गरी ४ घण्टामा र मन्थली बाट चरिकोट हुँदै दोललघाट निस्केर काठमाण्डौ जान २०० किमी सडाक पार गर्नु पर्छ तर हवाइजहाजमा भने २० मिनेटमै काठमाण्डौ पुगिन्छ ।
आज बसेको बैठकले हरेक हप्ताको बुधवार समिट , शुक्रवार सिता र शनिवार तारा एयरले नियमित रुपमा रामेछापका नागरिकहरुलाई लक्षित गरी रामेछाप काठमाण्डौ सेवा दिने सहमति भएको शान्तिदिप युवा क्लवका अध्यक्ष सुरेश उदाशले जानकारी दिनुभयो ।
अहिले विपी राजमार्ग बन्द भएपछि सोलु, ओखलढुंगा सिन्धुली र तराइका विभिन्न भागहरुबाट काठमाण्डौ जाने यात्रुवाहक सवारी साधनहरु मन्थली बाट चरिकोट हुँदै सिन्धुपाल्चोकको मुडे, खाडिचउर बाट दोललघाट निस्केर काठमाण्डौ जाने गरेका कारण जिल्ला सदरमुकाम मन्थलीमा सवारी साधनको चाप बढेको छ ।
यो बारेमा तपाईको प्रतिकृया