Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जिल्ला प्रशासनमा अब नागरिकता मात्रै हैन, निःशुल्क स्वास्थ्य परिक्षण पनि

नेपाल अभियान नेपाल अभियान
२ असार २०७६, सोमबार
in प्रहरी-प्रशासन, स्वास्थ्य
0
178
SHARES
Share on FacebookShare on Twitter

२ असार, २०७६

मन्थली– जिल्ला प्रशासन कार्यालय रामेछापले आफ्नो कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर निःशुल्क स्वास्थ्य परिक्षण सुरु गरेको छ । जिल्लाका दुर्गम ठाउँका सर्वसाधरणरू अझै पनि विशिष्ट किसिमका स्वास्थ्य सेवा लिनबाट बञ्चित भएको र उनीहरूलाई ती सेवाको बारेमा जानकारी सँगै आफ्नो स्वास्थ्यको बारेमा पूर्ण जानकारी होस भन्ने उद्देश्यका साथ साप्ताहिक स्वास्थ्य परिक्षणको सुरुवात गरिएको कार्यालयले जानकारी गराएको छ ।

सोमबारबाट सुरु गरिएको साप्ताहिक स्वास्थ्य परिक्षण हप्ताको प्रत्येक सोमबार गरिने प्रमुख जिल्ला अधिकारी लिला कुमारी के.सी. पाण्डेले जानकारी गराउनुभयो । जिल्ला प्रशासनमा सेवा लिन आउने सेवाग्राहीहरू आफ्नो काममा बढी केन्द्रित हुने हुँदा आफ्नो व्यक्तिगत स्वास्थ्यको बारेमा संवेदनशिल नहुँदा भविष्यमा स्वास्थ्य सम्बन्धी ठूलो समस्या आउन सक्ने भएकाले त्यसलाई न्यूनिकरण गर्नको लागि कार्यालमा स्वास्थ्य परिक्षणको सुरुवात गरिएको पनि प्रजिअ के.सी. पाण्डेले बताउनुभयो ।

स्वास्थ्य सम्बन्धी काम जिल्ला प्रशासनको क्षेत्राअधिकार भित्र नपर्ने भए पनि सर्वसाधरणका लागि राज्यबाट उपलब्ध हुने स्वास्थ्य सम्बन्धी सबै सेवाको बारेमा पूर्ण जानकारी नहुँदा कतिपय नागरिकहरू उपचारबाट बञ्चित हुनु परेकाले त्यसको जानकारी सँगै स्वास्थ्य सम्बन्धी चेतनाको लागि निशुल्क स्वास्थ्य परिक्षणले थप टेवा पुग्नेमा आफू विश्वास्ता रहेको प्रजिअ के.सी. पाण्डेले बताउनुभयो ।

स्वास्थ्य परिक्षण पछि सेवाग्राहीले औषधी सेवान गर्नु पर्ने भेटिए सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको औषधी समेत उपलब्ध गराउने पनि उहँले बताउनुभयो ।

सेवाग्राहीका लागि ल्याइएको सेवाको उद्घाटन गर्दै जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले जनतासँग प्रत्यक्ष रुपमा जोडिएको प्रशासनले राम्रो कामको सुरुवात गरेको बताउनुभयो । उहाँले प्रशासनले ल्याएको सेवालाई निरन्तरता दिन जिल्ला समन्वय सधै लागि पर्ने बताउनुभयो । त्यसैगरी मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले आम नागरिकको स्वास्थ्य प्रति स्थानीय सरकार प्रतिबद्ध भएर लागेको समयमा जिल्ला प्रशासनले निःशुल्क रुपमा ल्याएको स्वास्थ्य परिक्षण राम्रो भएको बताउनुभयो । 

उता स्वास्थ्य परिक्षणको लागि निःशुल्क रुपमा चिकित्सक उपलब्ध गराएर सहयोगीको भूमिका खेलेको तामाकोशी सहकारी अस्पतालका निर्देशक गोविन्दप्रसाद घिमिरेले आगमी दिनमा पनि प्रशासनले सुरु गरेको सेवालई अस्पतालले सहयोग गरी रहने बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय रामेछापको आयोजना तथा मन्थली नगरपालिका र तामाकोशी सहकारी अस्पतालको व्यवस्थापनमा भएको पहिलो दिनको स्वास्थ्य परिक्षणमा कार्यालयमा नागरिकता, पासपोर्ट लगायत विभिन्न सिफारिस लिन आउने सेवाग्रहीहरूले आफ्नो स्वास्थ्य परिक्षण गराएका छन् ।

Share135Tweet18Share5

Related Posts

चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२ असार २०७६, सोमबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

२ असार २०७६, सोमबार
तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो
आधारभूत

तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो

२ असार २०७६, सोमबार
मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर
समाचार

मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर

२ असार २०७६, सोमबार
मन्थलीमा भदौ १३ र १४ गते गरिने मोतियाबिन्दुको शल्यक्रियाको तयारी पुरा
देश

मन्थलीमा भदौ १३ र १४ गते गरिने मोतियाबिन्दुको शल्यक्रियाको तयारी पुरा

२ असार २०७६, सोमबार
जिल्ला ट्राफिक कार्यालय रामेछापले आज बाट पायो नयाँ भवन
प्रहरी-प्रशासन

जिल्ला ट्राफिक कार्यालय रामेछापले आज बाट पायो नयाँ भवन

२ असार २०७६, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.