२२ साउन, २०७६
मन्थली– रामेछापमा मोडल रामेछाप प्रतियोगिता हुने भएको छ । किङस्टार क्रियसन प्रा.लिले अयोजना गर्न लागेको प्रतियोगितामा १४ देखि २८ बर्ष उमेर समूहका लागि मिस्टर तथा मिस मोडल रामेछाप, ६ बर्ष देखि १३ बर्ष उमेर समूहका लिटिल मोडल रामेछाप र जुनसुकै उमेर समुहका लागि तिज क्वीन रामेछाप छनौट कार्यक्रम सञ्चालन गर्न लागेको बताइएको छ ।
![](https://nepalabhiyan.com/wp-content/uploads/2019/08/mis-modal-1024x638.jpg)
मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी किङस्टार क्रियसन प्रा.लिका निर्देशक सुमन खडकाले जानकारी गराउनु भएको हो । उहाँका अनुसार प्रतियोगिता रामेछापकोे सदरमुकाम मन्थलीमा हुने छ । कार्यक्रममा भग लिनेलाई क्रमशः मिस्टर तथा मिस मोडल का लागि प्रति ब्यक्ति ५ हजार, लिटिल मोडलका लागि ३ हजार र तिज क्वीनका लागि २ हजार शुल्क बुझाई आबेदन दिन सकिने आयोजकले बताएको छ ।
![](https://nepalabhiyan.com/wp-content/uploads/2019/08/miss-modal-2-1024x619.jpg)
यहि साउन २७ गते सम्म आबेदन संकलन गर्ने, साउन २८ देखि भाद्र १४ गते सम्म तालिम दिने र त्यस पछि भाद्र १५ गते अन्तिम छनौट गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
छनौटमा परेकाहरुले पुन राष्ट्रिय तथा अन्तराट्रिय रुपमा भाग लिन सक्ने पनि अयोजकले बताएको छ । रामेछापको सुनापति गाउपालिका खनियापानीका खड्काले आफू जिल्लाबासी भएकाले रामेछापमा यस प्रकारको कार्यक्रम गर्न लागेको र कार्यक्रमका लागि सबैले सहयोग गरिदिन आग्रह गरेका छन ।
यो बारेमा तपाईको प्रतिकृया