रामेछाप- फागुन ६ गते देखि जारी दोस्रो रामेछाप महोत्सवको आठौं दिन अर्थत मंगलबार लोक तथा दोहोरी गायिका सपना थापा आउने भएकी छिन् । पछिल्लो समय लौरी गोगनको गित मार्फत चर्चाको शिखर बटुल्दै आएकी थापा रामेछाप महोत्सवलाई संगितमय बनाउने गरी रामेछाप आउन लागेकी हुन् । त्यस्तै अर्का गायक राजेन्द्र कुमार कार्की पनि आउने भएका छन् । कार्की राष्ट्रिय संगत कर्मीसंघका केन्द्रय अध्यक्ष समेत हुन् । कार्कीले दमौलीमा गेट, पापी संसर जस्ता लोक तथा दोहोरी गित गाएका छन् ।

गायिका थापाले लौरी गोगन बाहेक अन्य लोक तथा दोहोरी गीतमा पनि आफ्नो आवाज दिएकी छिन् । मंगलबारको साँझ गायिका थापाले महोत्सवमा आउने दर्शकलाई भरपूर मनोरञ्जन दिलाउने अपेक्षा आयोजकले लिएको छ ।
रामेछाप उद्योग वाणिज्य संघ आयोजक, मन्थली नगरपालिका मुख्य प्रायोजक र सामाजिक सशक्तीकरण नेपाल सहआयोजक रहेको महोत्सवमा यस अघि विभिन्न कलाकारहरुले विभिन्न प्रस्तुतीहरु देखाईसकेका छन् । महोत्सव फागुन १५ गते सम्म चल्ने छ ।
यो बारेमा तपाईको प्रतिकृया