मन्थली- लोक तथा दोहोरी गायक दिपसागर थापामगरको फूल जस्तै जोवन बोलको कौडा लोक दोहोरी गित बजारमा आएको छ । गोरखा घर भएका थापामगरले यस अघि पनि विभिन्न लोक तथा दोहोरी गित बजारमा ल्याइसक्नु भएको छ ।
बजारमा आएको फूल जस्तै जोवन बोलको गित नेपाली मौलिकतामा आधरित रहेको उनको दाबी रहेको छ । दिपसागर थापामगरको लय–शब्द रहेको गितमा प्रिति गुरुङ र उनको आफ्नै आवाज रहेको छ । उनले बजारमा आएको गित हेरेर र सुनेर प्रतिक्रिया दिन आम दर्शक एवं श्रोतालाई आग्रह गरेका छन् ।
यो बारेमा तपाईको प्रतिकृया