रामेछाप- विभिन्न जिल्लामा हुने महोत्सवमा सहभागि हुँदा विवादमा आउने गायिका ज्योति मगर र लोकस्टारमा चौथो भएका रामकुमार नेपाली बुधबार रामेछाप आउने भएका छन् । गायिका मगर नेपाली सांगीतिक क्षेत्रमा आफ्नो हाउभाउको कारण बढी चर्चित छिन् । ज्योती मगरको पहिरन र हाउभाउले बढी चर्चा पाउँछ । सामाजिक संजादेखि स्टेज कार्यक्रममा उनको उत्ताउलोपनाले चर्चा पाउँछ । ज्योती गीत गाउँदा पनि दोहोरो अर्थ लाग्ने शब्द बढी प्रयोग गर्छिन् । खुलेका पहिरन त उनको विशेषता नै हो । यसै कारणले पनि दर्शकको भिड लाग्ने गर्दछ ।

त्यस्तै रामकुमार नेपाली पनि यस अघि लोकस्टारमा धेरै जसो दर्शकले मन पराएका गायक हुन् । नेपाली रामेछापबासी नै भएकाले पनि उनको प्रस्तुती हेर्न आउनेको पनि उत्तिकै भिड लाग्छ ।
रामेछापमा जारी दोस्रो रामेछाप महात्सवको ९ औँ दिन यि दुई चर्चित कलाकार आउने भएपछि महोत्सवमा आउने दर्शकको पनि भिड बढ्ने अनुमान आयोजकले गरेको छ । यस अघि दुर्गेश थापा आउँदा ६ हजार बढी दर्शक आएकाले बुधबार ८ हजार बढी दर्शक आउने अनुमान गरिएको रामेछाप उद्योग वाणिज्य संघका सचिब सुरेश उदाशले जानकारी दिनुभयो ।
ज्योती मगर आउने भएपछि महोत्सव स्थलको सुरक्षा व्यवस्था पनि कडा पारिने रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक बसन्त पाठकले बताउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया