१ असार, २०७६
हेटौंडेली पत्रकार, गीतकार तथा साहित्यकार गरिजा अधिकारीको ‘ए सरकार-२’को गीतको भिडियो बिहीबार सार्वजनिक भएको छ । यसअघि अधिकारीकै ‘ए सरकार’ नामक गीत चर्चित भएको थियो । गीतको सफलतालाई ध्यान दिएर अधिकारीले दोस्रो भाग पनि ल्याएका हुन् ।

भीमफेदी गाइजैको आधिकारिक यूटुब च्यानलबाट सो भिडियो सार्वजनिक भएको हो । ‘ए सरकार-२’मा सरकारमाथि विभिन्न गुनासो र ब्यंग्य कसिएको छ । शैक्षिक बेारेजगारी बढ्दै गएको र जनतामा निरासा थपिएको विषयलाई गीतमा उठान गरिएको छ ।
जनतालाई हातमुख जोड्न कठिन भएको, युवा बाध्य भएर विदेशिनु परेको, रेमिट्यान्सबाट देश चलाउनु परेको लगायतका विषयलाई गीतले समेटेको छ । गिरिजा अधिकारीकै शब्दमा रहेको गीत चर्चित गायक देवेन्द्र कार्कीले गाएका छन् भने विकास पाण्डेले संगीत भरेका हुन् ।
रिकेश गुरुङको एरेन्ज/मिक्सिङ रहेको गीतको म्युजिक भिडियो निर्मल लामा बिजीको निर्देशन गरेका हुन् । गीतमा चर्चित डान्स क्रियू ‘भिमफेदी गाईज’ को फिचरिङ छ ।
समाचार स्रोत : अनलाइन खबर
यो बारेमा तपाईको प्रतिकृया