Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

शेरादेवीको रुख कटानको विवाद टुंगियो

नेपाल अभियान नेपाल अभियान
५ माघ २०७८, बुधबार
in कारोबार, समाचार
0
152
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,५माघ । मन्थली नगरापालिका १३ मा रहेको शेरादेवी जंङ्गलको रुख कटानको विवाद टुंगिएको छ । फुलासीको देवीटारमा रहेको सामुदायीक वन भित्रका रुखहरु उपभोक्ताहरुलाई जानकारीनै नगराई सामुदायीक वनका निर्बतमान पदाधिकारीको मिलेमतोमा अबैध रुपमा कटानी गरेको आरोपलाई जिल्ला वन अधिकृत रामकृष्ण केसीले निवर्तमान उपभोक्ता समिति र उपभोक्ताहरु सँगको रोहवरमा गरेको छलफलका आधारमा उक्त बिवाद टुंगिएको हो ।

शेरादेवी सामुदायीक वनमा गाडिएका टावरवाला पोल र पोल आसपासको जंङ्गलको विना सूचना गत माघ १ गते मध्यरातमा काटिएको भन्दै उक्त कदम विरुद्ध उपभोक्ताले बिरोध जनाएका थिए । उनीहरुले घटना स्थलमानै जम्मा भएका उपभोक्ताहरुको रोहबरमा माघ २ गते संञ्चारकर्मिहरुको रोहबरमा जानकारी गराएका थिए । सो क्रममा उनीहरुले उक्त रुख काट्दा प्रयोग गरिएको मेसिन समेत जफत गरेका थिए ।
उपभोक्ता समितिको कार्यकाल समाप्त भएर लामो समय देखि अर्काे समिति बन्न नसकेका कारण समितिका निबर्तमान पदाधिकारीहरु आफै बैध रहेको दावि गर्दै नुम्बुर हिमालय हाईड्रो पावरले पदाधिकारी सँगको मिलेमतोमा अबैध काम गरेको आरोप स्थानीय अगुवा नबराज थापा मगरले लगाउनु भयो । उहाँले भन्नु भयो – आम उपभोक्ताहरुको आँखा छलेर हाईड्रोपावरले समिति ब्यक्ति संगको मिलेमतोमा सयांै रुख अबैध तरिकाले काटेको कुरा प्रति हाम्रो आपत्ति हो । हामिलाई कोही कसै प्रति आग्रह पुर्वाग्रह छैन । अरु बेला समयनै नभएझै गरेर हाईड्रोपावरले माघी पर्वको रातिको समयमा रुख कटान गर्नु कति जायज कुरा हो ? यसको जबाफ कम्पनी र वन कार्यालयले हामीलाई दिन सक्नृु पर्छ ।
अर्का अगुवा विदुर चौहान पनि कम्पनीले सिमित ब्यक्तिको आडमा रुख काटेको प्रकरणले कानूनी राज्यको उपहास हुनुका साथै उपभोक्ताहरुको अपमान भएको बताउनु हुन्छ । आम उपभोक्ता र संचारकर्मिहरुको रोहबरमा चौहानले भन्नु भयो – “वन उपभोक्ता समिति अबैध छ । उपभोक्ताहरु कोहि कसैलाई पनि जानकारीनै नदिई कम्पनि संग मिलेर बन कार्यालयले रातिको समयमा रुखमा टाँचा लगाउनु कतिसम्म जायज कुरा हो ?”
समितिका निवर्तमान सचिब कल्पना गिरीले समितिका नाममा बनकार्यालयबाट पत्र आएको जानकारी आफुलाई कसैले पनि नगराएको र आफुले एक्कासि रुख काटेपछि मात्र त्यस बारेमा थाहा पाएको बताउनु भयो ।
सामुदायीक वनका निर्वतमान अध्यक्ष माधब कुमार कार्की निमम अनुसार अर्काे साधारण सभा सम्म काम गर्ने अधिकार आप्mनो समितिमानै रहेको र नुम्बुर हिमालय हाईड्रो पावरले आधिकारीक रुपमा कटान माग गरेको आधारमा वन कार्यालयले अनुमाति दिएको र सोही आधारमा साल,सल्लो,पिपल,आँप लगायत विभिन्न जातका करिब ७ सय रुख मध्ये ४ सय रुख मात्र काटिएको बताउन्ु भयो । साझा सहमतिका आधारमा कम्पनीले रुख कटान गरेको जानकारी पनि कार्किले दिनु भयो ।
विबाद पछि मंगलबार घटनास्थलमा पुगेको उपभोक्ता र निवर्तमान उपभोक्ता समिति विचको छलफल पछि बँुदागत रुपमा आफुले समस्यालाई किनारा लगाएको जिल्ला वन अधिकृत राम कृष्ण केसीले बताउनु भयो । उहाँका अनुसार त्यहाँको मुल विबाद भनेकोे नेतृत्वको हो । त्यसका लागि अहिलेको समितिले गरेको सबै कामलाई निरन्तरता दिंदै हिसाब किताबको अडिट गराई आगामी माघ १५ भित्र सके सर्ब सम्मत नसके निर्बाचनको माध्मबाट नेतृत्व टुँग्याउने सहमति भएको छ ।
जंगलमा काटिएका रुखहरु सबै कानूनी प्रकृया पुरा गरेर नेपाल सरकार मन्त्रि परिषदको निणर््ाय अनुसार काटिएकोले त्यसमा कुनै अबैधता नभएको बारेमा पनि भेलामा जानकारी गराईएको थियो । रुख राति काटिएको सम्बन्धमा ठेकेदारका मानिसले काम गर्दै जाँदा अबेर सम्म काम गरेकोले त्यस्तो पर्न गएको र त्यसमा वन कार्यालय कम्पनी र सावको नेतृत्व कोहि पनि दोषि नरहेको पनि भेलाले ठहर गरेको छ । आफु जिल्ला आउना साथको पहिलो समस्या भएकोले पनि उक्त काम प्रति आफु थप जिम्मेवार भएर लागि परेको डिएफओ केसीले जानकारी दिनु भयो ।

Share61Tweet38Share11

Related Posts

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण
शिक्षा

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण

५ माघ २०७८, बुधबार
रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

५ माघ २०७८, बुधबार
बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग
देश

बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग

५ माघ २०७८, बुधबार
नेविसंघको न्यानो कपडा
विविध

नेविसंघको न्यानो कपडा

५ माघ २०७८, बुधबार
शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर
समाचार

शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर

५ माघ २०७८, बुधबार
सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस
समाचार

सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस

५ माघ २०७८, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.