Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

दिदी बैनी साकोसले सक्यो १६ औ बार्षिक साधारण सभा

superadmin superadmin
१६ पुष २०७९, शनिबार
in कारोबार, देश, प्रदेश नं ३, राजनीति, समाचार, समाज
0
65
SHARES
Share on FacebookShare on Twitter


रामेछाप १६ पुष । सदरमुकाम मन्थली बजारमा कृयाशिल रहेको दिदीबहिनी महिला बचत तथा ऋण सहकारी संस्थाले आफनो १६ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । उक्त साकोसले शनिबार मन्थली नगर पालिकाकी उप प्रमुख ईश्वरी बस्नेतको प्रमुख आतिथ्यतामा भव्य र सभ्यताका साथ साधारण सभा सम्पन्न गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि बस्नेतले साधारण सभाका अबसरमा संचालक र शेयर सदस्य सबै दिदी बैनीहरुलाई शुभकामना दिनु हुदै साकोसको संस्थागत विकासका लागि आफुले पनि सहयोग गर्न तयार रहेको बताउनु भयो ।उहाँले भन्नु भयो सदरमुकाममा रहेको एकमात्र महिलाहरुको सहकारीको विकासलाई सृजनशिलता र सिपमा जोडेर महिलाहरुलाई स्वआर्जन तर्फ सिप मुलक तालिम तर्फ उन्मुख गराउँदै अघि बढ्न पनि नेतृत्वलाई सुझाउनु भयो ।
दिदी बैनि साकोसको सहकारी अभियानले उनिहरुको क्षमता तथा नेतृत्व विकासमा पनि निकै सहयोग पुगेको भन्दै यसको विकासका लागि नगरपालिकाले पनि सहयोग गर्ने तत्पर रहेको पनि बताउनु भयो ।
साकोसकि अध्यक्ष सोविता न्यौपानेको अध्यक्षता र सचिब कल्पना सत्यालको संचालनमा भएको उक्त कार्यक्रममा बोल्ने सबैजसो बक्ताहरुले संस्थाले हाल सम्म गरेको कामको प्रशंसा गर्नु हुँदै संस्थालाई यस ठाउँमा ल्याउनका लागि सहयोग तथा योगदान गर्नुहुने अगुवा दिदी बहिनीको भुमिका प्रति धन्यवाद दिनु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष वद्री नयाँघरे,जिल्ला बचत संघका उपाध्यक्ष शिव राज श्रेष्ठ,नेफस्कुन फिल्ड कार्यालय रामेछापका प्रमुख सुर्य बहादुर थापा,संस्थाकि उपाध्यक्ष लक्ष्मी थापा,शेयर सदस्य शान्ता सुवेदी लगाएतका बक्ताहरुले पनि सम्बोधन गर्नु भएको थियो ।
साधारण सभाले सचिब कल्पना सत्यालद्धारा प्रस्तुत साँगठनिक प्रतिबेदन,कोषाध्यक्ष एशोदा घिमिरेद्धारा प्रस्तुत आर्थिक प्रतिबेदन र लेखा सुपरिबेक्षण समितिका संयोजक पार्वति पाठकले प्रस्तुत गर्नु भएको लेखा समितिको प्रतिबेदन पनि पारीत गरेको छ ।
२०६९ सालमा २५ जना महिला हरुले शुरु गरेको उक्त साकोसमा हाल ३ सय ३१ जना शेयर सदस्य पुगेको जानकारी पनि सो अबसरमा गरार्ईएको थियो । आफुलाई संस्थागत विकासमा अब्बल बनाउने अधियानमा रहेको उक्त साकोसले यस बर्ष कुल १ लाख ४१ हजार ३ सय रुपैयाँ मुनाफा गर्न सफल भएको पनि कोषाध्यक्षको प्रतिवेदनमा उल्ल्ोख गरिएको छ । त्यसैगरि संस्थाको कुल निक्षेप ४६ लाख ५० हजार ९ सय ७८ रुपैयाँ र कुल लगानी ४० लाख १५ हजार रुपैयाँ रहेको पनि सो अबसरमा जानकारी गराईएको थियो ।
साधारण सभाका अबसरमा संस्थागत विकासमा आरम्भबाटै सहयोग पुर्याए वापत संस्थापक अध्यक्ष कविता सुवेदी,संस्थापक उपाध्यक्ष कोपीला घिमिरे र जेष्ठ सदस्य मध्यबाट बद्रीका भुजेललाई प्रमुख अतिथी बस्नेतले दोसल्ला र सम्मानपत्र द्धारा सम्मान गर्नु भएको थियो ।

Share26Tweet16Share5

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

१६ पुष २०७९, शनिबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

१६ पुष २०७९, शनिबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

१६ पुष २०७९, शनिबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

१६ पुष २०७९, शनिबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

१६ पुष २०७९, शनिबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१६ पुष २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.