Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

अशक्तका लागि खुशीको क्षण बन्यो स्थानीय सरकार

बद्री नयाँघरे बद्री नयाँघरे
१४ पुष २०७६, सोमबार
in स्थानीय सरकार
0
412
SHARES
Share on FacebookShare on Twitter

साँघुटार- वडा कार्यालयमा उमेरले कलिलै बालिका जस्ती देखिने २४ वर्षिया राधिका महत निकै खुशी भईन् । उनि अन्य दिनको भन्दा निकै खुशी मुद्रमा देखिएकी थिइन् । उनको मुहारमा खुशी त्यतिकै छाएको थिएन । शारीरिक र मानसिक रुपमा अशक्त भएको कारण उनको परिचय झल्काउने अपाङ्गता परिचय–पत्र आफ्नै वडा कार्यालयमा पाएपछि उनले खुसी व्यक्त गरेकी हुन् ।

संघीयताले नागरिकलाई उपहारको रुपमा दिएको स्थानीय सरकारका जनप्रतिनिधि निर्वाचित भएपछि अपाङ्गता परिचय–पत्र आफ्नै वडा कार्यालयमा पाउँदा उनि मात्रै हैन साँघुटारका २५ जना अपाङ्गगता भएका व्यक्तिहरु सोमबार निकै खुशी देखिएका थिए । आफूहरुलेनै मत दिएर जिताएका जनप्रतिनिधिले गाउँमै आएर आफ्नो छोरीको अपाङ्गता परिचय पत्र नविकरण गरिदिएको खुशी सुनाउँदै राधिका महतका बुबा तेज बहादुर महतले भने –‘ अपाङ्गता परिचय पत्र बनाउँदा पहिले सदरमुकाम मन्थली बोकेर लानु पर्‍यो । काम नभएर हप्तौ बस्नु पर्‍यो, भनेको बेला काम भएन । धेरै खर्च लाग्यो । तर अहिले गाउँमै छोरीको परिचयपत्र नविकरण हुँदा निकै खुशी लग्यो ।’

नगरपालिकाको उपप्रमुख संयोजक हुने स्थानीय अपाङ्गता समन्वय समितिले आयोजना गरेको घुम्ती सिविरमा आफ्नो वडा कार्यालय सम्म आउन नसक्ने अशक्तहरुलाई उनिहरुको घरमै गएर परिचय पत्र नविकरण तथा वितरण गरिएको छ । सोमबार साँझ अबेर सम्म रामेछाप नगरपालिकाकी उपप्रमुख सृजना खड्का, वडा नम्बर ३ का वडाध्यक्ष भुपालराज श्रेष्ठ, रामेछाप नगरपालिकाका अधिकृत नारायण सुवेदी, डा. निशान्त भण्डारी लगायतको टोली साँघुटारका अशक्त व्यक्तिहरुको घर–घरमा टर्च बालेर परिचय–पत्र वितरणको लागि घुमीरहेका थिए ।

परिचय–पत्र वितरण कार्यक्रममा बोल्दै रामेछापन गनरपालिकाकी उपप्रमुख एवं समितिकी संयोजक सृजना खड्काले अहिले सम्म परिचय पत्र प्राप्त गर्न नसकेका र परिचय–पत्र लिएर पनि नविकरण नगरिएका अपाङ्गता भएका व्यक्तिहरु र जेष्ठ नागरिक परिचय–पत्र नलिएका जेष्ठ नागरिकलाई सहयोग पुर्‍याउने उद्धेश्यले घुम्ती सिविर मार्फत उनिहरुको घरमै गएर सेवा दिन थालिएको बताईन् । अपाङ्गता भएका व्यक्तिलाई समाजले सकारात्मक दृष्टिले हेरिदिए उनिहरुको आत्माबल बढ्ने र उनिहरुले पनि समाजमा केही गरेर देखाउने उपप्रमुख खड्काको भनाई रहेको छ । त्यस्तै विगत देखिनै वडामा आएको लक्षित वर्गको रकमले के दियो र अब त्यो रकमलाई के गर्दा आफूहरुलाई दिर्घकालिन फाइदा हुन्छ भन्ने तर्फ पनि लक्षित वर्गले ध्यान दिनुपर्नेमा उपप्रमुख खड्काको जोड रहेको छ ।

त्यस्तै वडाध्यक्ष भुपालराज श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरु र जेष्ठ नागरिकलाई उनिहरुको जीविको पार्जनमा समेत टेवा पुग्नेगरी योजनाहरु बनाएर कार्यान्वयन गराउने गरी वडा कार्यालय लागेको बताए ।

सोमबारको सिविरमा वडा नम्बर ३ साँघुटारका २५ जना अपाङ्गता भएका व्यक्तिहरुको परिचय–पत्र नविकरण तथा नयाँ वितरणको काम गरिएको रामेछाप नगरपालिकाका अधिकृत नारायण सुवेदीले बताए । त्यस्तै तीन जना जेष्ठ नागरिकलाई जेष्ठ नागरिक परिचय–पत्र वितरण गरिएको पनि उनको भनाई रहेको छ । उनका अनुसार मंगलबार रामेछाप–२ देउरालीमा सिविर संचालन हुनेछ ।

Share331Tweet34Share9

Related Posts

खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै
आधारभूत

खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

१४ पुष २०७६, सोमबार
शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

१४ पुष २०७६, सोमबार
रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

१४ पुष २०७६, सोमबार
शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर
समाचार

शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर

१४ पुष २०७६, सोमबार
सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस
समाचार

सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस

१४ पुष २०७६, सोमबार
मन्थलीका सहकारीहरुलाई कोपोमिस सम्बन्धी तालिम सम्पन्न
समाचार

मन्थलीका सहकारीहरुलाई कोपोमिस सम्बन्धी तालिम सम्पन्न

१४ पुष २०७६, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.