रामेछाप- रामेछाप नगरपालिकाले महिलाहरुलाई प्रत्यक्ष फाइदा पुग्नेगरी नौ वटै वडाका विभिन्न स्थानहरुमा स्वास्थ्य सिविर संचालन गर्ने भएको छ । नगर भित्रका महिलाहरुलाई लक्षित गरी ल्याइएको सिविरमा पाठेघरको मुखको क्यान्सर जाँच, पाठेघर झरेका महिलाहरुको स्क्रिनिङ तथा उपचार, तल्लो पेट दुख्ने तथा सेतो पानी बग्ने, पिसाव पोल्ते तथा महिनावारी गडबडी हुने, स्तनमा गाँठागुठी देखिने, गर्भवती महिलाहरुको भिडियो एक्सरे लगायतका सेवा उपलब्ध हुने नगरपालिकाले बताएको छ ।
अझै पनि महिलाहरुले स्त्री रोग सम्बन्धी समस्याहरु लुकाएर राख्द भविष्यमा धेरै पीडा भोग्नु पर्ने भएकाले त्यस्तो पीडाबाट मुक्त बनाउनको लागि सिविरको आयोजना गर्न लागिएको रामेछाप नगरपालिकाकी उपप्रमुख सृजना खड्काले बताउनुभयो ।
नगरपालिकाले निःशुल्क रुपमा गर्न लागेको सिविर दुई चरणमा संचालन हुने उपप्रमुख खड्काले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा माघ १५ गते देखि १८ गते सम्म वडा नम्बर ४, ५, ६, ७, ८ र ९ का महिलाहरुले लाभ लिने गरी राखिएको छ । त्यस्तै वडा नम्बर १, २, ३ र ४ मा आगामी फागुन ७ गते देखि १० गते सम्म संचालन गर्ने कार्यतालिका रहेको भनाई रहेको छ ।
सिविरमा पाठेघर झरेका महिलाहरु भेटिएमा नगरपालिकाले निःशुल्क सल्यक्रिया गरी उपचार गरिदिने पनि उपप्रमुख खड्काले बताउनुभयो ।
पहिलो चरणको सिविर अन्तरगत पहिलो दिन माघ १५ गते जिल्ला अस्पतल रामेछापमा वडा नम्बर ७, ८ र ९ का महिलालाई लक्षित गरी राखिएको छ भने १६ गते वडा नम्बर ४ का महिलालाई लक्षित गरी हिमर्गगा स्वास्थ्य चौकी बोलङ–बोलङमा राखिएको छ । त्यसैगरी १७ गते वडा नम्बर ५ का महिलालाई लक्षित गरी रामपुर स्वास्थ्य चौकीमा राखिएको छ । १८ गते वडा नंं ६ का महिलाहरुका लागि ओख्रेनी स्वास्थ्य चौकी च्यास्कुमा राखिएको छ ।
स्वास्थ्य सिविरमा जिल्ला अस्पलत रामेछाप र तामाकोशी सहकारी अस्पतालको प्राविधि सहयोग एवं बज्र समाज नेपालको सहयोग रहेको रामेछाप नगरपालिकाले बताएको छ ।
यो बारेमा तपाईको प्रतिकृया