Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गाउँमै अपाङ्गता परिचयपत्र पाउँदाको खुसीः उमाकुण्डका स्थानी भन्छन–‘यो पो हो त सरकार’

नेपाल अभियान नेपाल अभियान
२५ माघ २०७६, शनिबार
in स्थानीय सरकार
0
213
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- रामेछापको अति दुर्गम भेगमा रहेको उमाकुण्ड गाउँपालिकाका स्थानीयले बल्ल सरकार गाउँमै आएको अनुभुती गर्न थालेका छन् । आफू अपाङ्गता भएको परिचय पत्र बनाउनको लागि पटक–पटक सदरमुकाम मन्थली धाउँदा रित्तो हात फर्किएका नागरिकले आफैले भोट दिएर जिताएका जनप्रतिनिधिको हातबाट गाउँमै परिचयपत्र पाएपछि आफूहरुका लागि पनि सरकार गाउँमै आएको अनुभुती गर्न थालेका हुन् ।

विहिबार दिउँसो उमाकुण्ड–५ प्रितिका पूर्ण रुपमा अशक्त हुनुभएका ७० वर्षिया नर बहादुर खत्री गाउँमा रहेको आफ्नै वडा कार्यालयबाट परिचयपत्र पाउँदा निकै खुसी देखिनुहुन्थ्यो । शारिरिक रुपमा अशक्त भएपछि परिचपत्र बनाउनको लागि बुबालाई मन्थली लिएर आउँदाको झन्झट सम्झिदै नर बहादुरका छोरा श्री बहादुर खत्रीले भन्नुभयो– ‘परिचयपत्र बनाउनको लागि मन्थली गएको कागजपत्र पुगेन भनेर फर्काइदिए, बुबालाई लिएर बल्ल–बल्ल मन्थली गएको कार्ड नबन्ने भएपछि रित्तो हात फर्किनु पर्यो । अहिले विना झन्झट गाउँमै परिचय पत्र बन्यो, यो धेरै राम्रो हो । जसले यो सेवा लिएर गाउँमा आएको छ उहाँहरु धन्यबादको पात्र हुनुहन्छ ।, हामीजस्ता माथिल्लो तहमा पहुँच नभएका सामान्य नागरिकले बल्ल गाउँमा सरकार आएको छ भन्ने अनुभुती गर्न पाएका छौँ । यो धेरै राम्रो काम हो ।’

गाउँपालिकाको उपाध्यक्ष संयोजक हुने स्थानीय अपाङ्गता समन्वय समितिले आयोजना गरेको घुम्ती सिविरमा अशक्तहरुलाई उनिहरुको गाउँमै गएर परिचय पत्र नविकरण तथा वितरण भएपछि नर बहादुर मात्रै नभई उमाकुण्डका सयौँ अपाङ्गता भएका व्यक्तिहरु खुसी छन् ।

परिचय–पत्र वितरण कार्यक्रममै रहनुभएकी उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष एवं समितिकी संयोजक उर्मिला कार्कीले अहिले सम्म परिचय पत्र प्राप्त गर्न नसकेका र परिचय–पत्र लिएर पनि नविकरण नगरिएका अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग र्पुयाउने उद्धेश्यले घुम्ती सिविर मार्फत उनिहरुको गाउँमै गएर सेवा दिन थालिएको बताउनुभयो । उमाकुण्ड गाउँपालिका भौगोलिक हिसाबले धेरै विकटता भएकाले पालिकाको केन्द्र सम्ममा आउन नसक्ने अशक्तहरुका लागि यो सिविर अति उपायोगी हुने उहाँले बताउनुभयो । अपाङ्गता भएका व्यक्तिलाई समाजले सकारात्मक दृष्टिले हेरिदिए उनिहरुको आत्माबल बढ्ने र उनिहरुले पनि समाजमा केही गरेर देखाउने उपाध्यक्ष कार्कीको भनाई रहेको छ । पालिकाले आगामी दिनमा अपाङ्गमैत्री कार्यक्रम बनाएर उनिहरुलाई सहयोग गर्ने पनि उपाध्यक्ष कार्कीले बताउनुभयो ।

उमाकुण्ड गाउँपालिकाले सोमबार देखि सुरु गरेको अपाङ्गता परिचयपत्र वितरण घुम्ती सिविर मार्फत वडा नम्बर १ देखि वडा ५ सम्मका अशक्त भएका नागरिकलाई परिचयपत्र वितरण गरीसकेको छ । सिविर मार्फत वडा नं १ गुम्देलमा १९ जना, वडा नं २ बाम्तीभण्डारमा ४४ जना, वडा नं ३ कुबुकास्थलीमा ४० जना, वडा नं ४ प्रितिमा ३३ जना र वडा नं ५ प्रितिमा ३१ जनाको परिचयपत्र नविकरणसँगै नयाँ बनेको छ ।

सिविरमा गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवार, उपाध्यक्ष एवं समितिकी संयोजक उर्मिला कार्की, प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद सुवेदी, स्वास्थ्य शाखाको प्रमुख लगायतको सहभागिता रहेको छ ।

Share175Tweet16Share4

Related Posts

समाचारको प्रभाव,मुल्य बृद्धि सम्बन्धि समाचार प्रकाशन र प्रसारण भएपछि जिल्ला प्रशासन र मन्थली नगरपालिकाले लियो चासो
समाचार

समाचारको प्रभाव,मुल्य बृद्धि सम्बन्धि समाचार प्रकाशन र प्रसारण भएपछि जिल्ला प्रशासन र मन्थली नगरपालिकाले लियो चासो

२५ माघ २०७६, शनिबार
तीनलाल पर्यटकीय पार्कको नगर प्रमुखद्धारा उद्घाटन
समाचार

तीनलाल पर्यटकीय पार्कको नगर प्रमुखद्धारा उद्घाटन

२५ माघ २०७६, शनिबार
रामेछापमा पनि धान दिवस मनाइयो
विविध

रामेछापमा पनि धान दिवस मनाइयो

२५ माघ २०७६, शनिबार
मुगिटार माविको प्रथम स्मारिका विमोचन 
शिक्षा

मुगिटार माविको प्रथम स्मारिका विमोचन 

२५ माघ २०७६, शनिबार
योग साधना र उपयुक्त समय  
विचार

योग साधना र उपयुक्त समय  

२५ माघ २०७६, शनिबार
ओख्रेनीमा पहिलो पटक सार्वजनिक सुनुवाई
समाचार

ओख्रेनीमा पहिलो पटक सार्वजनिक सुनुवाई

२५ माघ २०७६, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.