रामेछाप– केपी ओली नृतृत्वको सरकार जनताको पक्षमा भन्दा पनि विपक्षमा काम गर्न अग्रसर भएको नेपाली काग्रेस रामेछापले आरोप लगाएको छ । नेपाली काग्रेस रामेछापले आइतबार प्रजिअ मार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउँदै संबिधान प्रदत्त अधिकार नै हनन हुनेगरी सूचना प्रबिधी बिधेयक ल्याएर आम नागरिकको वैयक्तिक स्वतन्त्रता खोस्ने खेलमा सरकार लागेको आरोप लगाएको हो ।
नेपाली काग्रेस रामेछापले प्रधानमन्त्रीलाई बुझाएको विरोधपत्रमा जनातालाई सूचनाको हकबाट बञ्चित गारउने, गोपनियताको हक र अभिब्यक्ति स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने गरी बिधेयकहरु संसदमा पेस भएकाले त्यसलाई तत्काल फिर्ता गर्न माग गरिएको छ ।
त्यस्तै सरकारको विरोधमा बोल्ने र लेख्नेलाई कारबाहीको भागेदार गराई दण्ड सजय दिने सहितको सूचना प्रविधि विधेक पास गराएर जनताको बोली बन्द गरी मुलुकमा निरकुश लाद्ने खेलमा सरकार लागेको पनि नेपाली काग्रेसले विरोध पत्रमा उल्लेख गरेको छ । त्यस्तै सरकारले नागरिकको जनमतलाई बेवास्ता गर्दै नागरिकको फोन ट्याकिङ गरेर व्यक्तिगत सूचना लिने खेलमा कम्युनिस्ट सरकार खुलेआम लागेको विरोधपत्रमा उल्लेख छ ।
जनाता बिरोधी लोकतन्त्रका बिरुद्ध, संबिधानको मर्म बिरुद्ध भएका गतीबिधीहरु काग्रेसलाई कदापी स्वीकार्य नहुने भन्दै बिधेयक तत्काल सच्याउन माग गरेको छ ।
नेपाली काग्रेस रामेछापका पार्टी सभापति लवश्री न्यौपानेद्धारा हस्ताक्षेरित बिरोधपत्र प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डे मार्फत प्रधानमन्त्रीलाई पठाईएको छ । सरकारले बहुमतको दम्भमा जवजस्ती विधेयक ल्याउन खोजे त्यसका बिरुद्ध नेपाली काग्रेसले कडा कदम चाल्ने चेतावनी विरोपत्रमा उल्लेख छ ।
यो बारेमा तपाईको प्रतिकृया