रामेछाप ६ जेठ । बुधवार बिहान परेको चट्याङले जिल्ला प्रशासन कार्यालय रामेछापको कम्प्युटरमा क्षति भएपछि बन्द भएको ई – पासपोर्ट सेवा सुचारु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले शनिवार एक सूचना प्रकाशित गरी जेठ ३ गते देखि बन्द भएको ई–पासपोर्ट सेवा सम्बन्धी सबै काम आइतबार बाट सञ्चालन हुने जानकारी गराएको हो ।
गत बुधवार बिहान परेको चट्याङले जिल्ला प्रशासन कार्यालय रामेछापका कम्प्युटर र इन्टरनेट लगायतका उपकरणमा क्षति पुगेका कारण बुधवार देखिनै सेवा प्रवाह प्रभावित हुनुका साथै त्यस सम्बन्धी सबै काम रोकिएको थियो ।
सामानमा क्षति पुग्नासाथ कार्यालयले लगातार इन्टरनेट, टेलिफोन, राउटर लगायतका उपकरण निर्माण र मर्मतको काम सम्पन्न गरे सँगै सेवा सुचारु हुने भएको हो । अनिश्चित कालका लागि सेवा बन्द भएका कारण सेवाग्राहीको काम ४ दिन देखि रोकिएको थियो ।
चट्याङले राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्ने क्यामेरा लगायतका उपकरण र सिसी क्यामेरामा समेत क्षति पुगेको थियो ।

यो बारेमा तपाईको प्रतिकृया