रामेछाप असोज ७ । मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले शिक्षा क्षेत्रको गुणस्तरमा सुधार नभए सम्म परिवर्तन असम्भब हुने बताउनु भएको छ । सो कुरा उहाँले शुक्रबार मन्थली सहित स्मृति बहुमुखी क्याम्पसको अतिरिक्त क्रियाकलाप समितिद्वरा आयोजित वडा दशै, शुभदिपावली तथा छठ् पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बताउनु भएको हो । यस प्रयोजनका लागि नगरले पहिलो प्राथमिकता दिएको भन्दै यसका लागि सवैलााई सहयोग गर्न पनि आग्रह गर्नु भयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका प्रमुख श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै ‘मन्थली नगरपालिकाले शिक्षा क्षेत्रको सुधारका लागि नगर शैक्षिक सम्मेलन गरी काम शुरु गरि सकेको जानकारी पनि दिनु भयो । उहाँले नगर सम्मेलनका क्रममा जिल्ला बाहिर र भित्रका विषय विज्ञ र शैक्षिक अगुवाहरु समेतलाई बोलाएर निर्माण गरिएको नितिलाई नगरले कार्यान्वयन गर्दे जाने पनि बताउनु भयो
।
सो अबसरमा उहाँले दशै तिहारको उपलक्ष्यमा सबैलाई भड्कीलो नभई समन्वयात्मक तरिकाले दशै मनाउन पनि आग्रह गर्नु भयो । उहाँले घर जाँदा पनि राम्रो पक्षलाई मात्रै लिएर जान पनि आग्रह गरे । उहाँले सबैलाई ्रजिम्मेवार भएर अघि बढ्न पनि आग्रह गर्नू भयो ।
कार्यक्रमा विद्यार्थि हरुले नाच गान गरेर कार्यक्रमलाई मनोसम बनाएका थिए ।
यो बारेमा तपाईको प्रतिकृया