Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नागरिकलाई रुवाएर आयोजना कार्यान्वय हुन दिदैनौंः सांसद श्रेष्ठ

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२० फाल्गुन २०७६, मंगलवार
in पुर्वाधार
0
607
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– संघीय सांसद श्याम कुमार श्रेष्ठले जिल्लामा संचानमा रहेका र संचालन आउन लागेका आयोजनाबाट प्रभाबित हुने नागरिलाई रुवाएर आयोजना कार्यान्वयन हुन नदिने बताउनु भएको छ ।

सुनकोशी मरिण ड्राइभर्सन बहुद्देश्यीय आयोजनाले मन्थलीको हात्तिटारमा आयोजना गरेको आयोजना डुबान क्षेत्रको जग्गा प्राप्ती सम्बन्धी छलफल तथा अन्तरकृयया कार्यक्रमको उद्घाटन गर्दै नागरिकलाई रुवाएर कुनै पनि आयोजना अगाडि नबढ्ने बताउनुभएको हो ।

राष्ट्रिय गौरवको आयोजना मध्ये २३ औँ नम्बरको आयोजनामा पर्न सफल भएको मरिण  ड्राइभर्सन आयोजना सम्पन्न पश्चात जिल्लाको सबृद्धिका लागि ठुलो सहयोग पुग्ने पनि उहाँले बताउनुभया । सांसद श्रेष्ठले जिल्लामा हुने यस प्रकारका आयोजनाबाट प्रभाबित समुदायको दक्षता र क्षमताको आधारमा रोजगारीको अबसर प्रदान गर्नुपर्ने र उनीहरुलाई उचित मुआब्जा दिइनुपर्ने कुरालाई जोड दिनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै बागमती प्रदेशका सांसद शान्ति प्रसाद पौडेलले प्रभाबित क्षेत्रका नागरिकहरुलाई खुसी बनाएर मात्र योजना कार्यान्वयनको पाटोमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले मरिण ड्राइभर्सन अयोजनालाई सफल पार्न सबैले सहयोग गर्नुपर्ने बताउनु भयो ।

मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले प्रभाबितहरुको घर जग्गाको उचित मुल्याङ्कन गरी मुआब्जा बितरण हुने बताउनुभयो । उहाँले राज्यलाई कर कम तिर्ने तर मुआब्जा बढि माग्ने कुरालाई भने निरुत्साहित गर्नु पर्ने भन्दै आयोजनाका कारणले कोहि पनि बिस्थापित हुनु नपर्ने बतउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै खाँडादेवी गाउपालिकाका अध्यक्ष प्रेम तमाङले स्थानीय जनप्रतिनिधि सँग समन्वय नगरी आयोजनाको काम भैरहेको भन्ने गुनासो आइरहेकोले समन्वयात्मक ढंगबाट अगाडि बढन सके मात्र आयोजना सफल हुने बताउनुभयो । उहाँले सुरुको लगत संकलन नै त्रुटिपुर्ण भएको गुनासो आइरहेकोले त्यसलाई पुन लगत संकलन गरी आयोजनाबाट प्रभाबित हरुको संख्या एकिन गर्न अनुरोध गर्नुभयो ।  

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले यस्ता आयोजनालाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो  । कार्यक्रममा बोल्दै नेपाली काग्रेसका सचिब लेख बहादुर कार्कीले स्थानीय नागरिकको इच्छा र चाहाना बेगर आयोजना कार्यान्वयनका लागि जबरजस्ती गर्न खोजिए आन्दोलनका लागि काग्रेसले अगुवाई गर्ने बताउनुभयो । सचिब कार्कीले उचित मागहरु राखि गर्ने आन्दोलनमा प्रहरी हस्तक्षेप भयो भने पहिला प्रहरीको लाठी वा गोली खान आफु तयार रहेको बताउनुभयो । त्यस्तै राप्रपाका जिल्ला अध्यक्ष रामचन्द्र कडेलले अयोजना राम्रो भएपनि स्थानीय भोगचलन गर्दै आइरहेको घर जग्गा जाने भए पछि स्थानीय चिन्तित रहेको भन्दै उहाँहरुको चित्त बुझाएर मात्र आयोजना कार्यान्वयन गर्नुपर्ने कुरालाई जोड दिनुभयो ।

कार्यक्रममा आयोजना प्रमुख शुशिल आचार्यले यस आयोजनाबाट खाँडादेवी गाउँपालिकाको वडा नं ४ मा २९.५ हेक्टर जमिन सहित १६ वटा र मन्थली नगरपालिकाको वडा नं ६ मा १८.३ हेक्टर जमिन सहित १३ वटा  घर टहरा गोठ सहित ४७.८ हेक्टर जमिन र २९ वटा घर, टहरा तथा गोठहरु डुवानमा पर्ने बताउनुभयो । उहाँले उक्त आयोजनाबाट स्थानीय प्रभाबितहरुलाई धेरै फाइदा पुग्ने भएकोले यो आयोजनाको कार्यान्वयनका लागि सबैले सहयोग गर्न समेत आग्रह गर्नुभयो । 

कार्यक्रममा आफ्नो भनाई राख्दै अधिकांस स्थानीयले आफूहरुलाई अरु जिल्लाकालाई हसाउने खालको योजना हो भने कुनै हालतमा कार्यान्वयन हुन नदिने बताएका छन । उनीहरुले प्रभाबित क्षेत्रका मानिसहरुलाई बसोबसको ब्यवस्था र राज्यले दिने मुआब्जा उपलब्धता गराई रोजगारीको समेत सृजना गर्नुपर्ने माग राखेका छन् ।

Share438Tweet71Share20

Related Posts

निलगंगा हाइड्रपावरको सार्वजनिक सुनुवाई स्थानियद्धारा बहिस्कार
आधारभूत

निलगंगा हाइड्रपावरको सार्वजनिक सुनुवाई स्थानियद्धारा बहिस्कार

२० फाल्गुन २०७६, मंगलवार
खिम्ती बेशीमा २ महिने झोला बनाउने तालिम
आधारभूत

खिम्ती बेशीमा २ महिने झोला बनाउने तालिम

२० फाल्गुन २०७६, मंगलवार
सुनकोशी ३ मा लागानी गर्न बंगालादेश सकरात्मक ः राजदूत चौधरी
आधारभूत

सुनकोशी ३ मा लागानी गर्न बंगालादेश सकरात्मक ः राजदूत चौधरी

२० फाल्गुन २०७६, मंगलवार
मन्थलीका मेयर र मिडियाको खबरदारी पछि माटो माथिको कालोपत्रेको काम रोकियो
देश

मन्थलीका मेयर र मिडियाको खबरदारी पछि माटो माथिको कालोपत्रेको काम रोकियो

२० फाल्गुन २०७६, मंगलवार
रामेछाप र मन्थली नगरको विकासका लागि कार्यदल निर्माण
आधारभूत

रामेछाप र मन्थली नगरको विकासका लागि कार्यदल निर्माण

२० फाल्गुन २०७६, मंगलवार
बाढिले खानीखोलाको झोलुङ्गे पुलमा  क्षति
पुर्वाधार

बाढिले खानीखोलाको झोलुङ्गे पुलमा क्षति

२० फाल्गुन २०७६, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero