Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रेडक्रस रामेछापले जिम्मा लिएको पुनर्निर्माणको काम ९० प्रतिशत सम्पन्न, बाँकी काम स्थानीय तहले गर्ने

नेपाल अभियान नेपाल अभियान
१३ बैशाख २०७६, शुक्रबार
in पुर्वाधार
0
148
SHARES
Share on FacebookShare on Twitter

११ वैशाख, २०७६

रामेछाप– २०७२ सालको विनासकारी भूकम्पले क्षेति पु¥याएको रामेछाप नगरपालिकाको रामपुर र मन्थली नगरपालिकाको वडा नम्बर १ मन्थलीमा पुनर्निर्माणको काम ९० प्रतिशत भन्दा बढी सकिएको छ । नेपाल रेडक्रस सोसाइटी रामेछापले भूकम्प प्रतिकार्य कार्यक्रम अन्तरगत रामेछापको मन्थली नगरपालिका–१ मन्थली र रामेछाप नगरपालिका–५ रामपुरमा पुनर्निर्माणको काम गरेको थियो । उक्त कार्यक्रम अन्तरगत भएको पुनर्निर्माणको काम ९० प्रतिशत सकिएको र बाँकी काम स्थानीय तहले नै गर्ने गरी सोमबार स्थानीय तहलाई हस्तान्तरण गरिएको छ ।

पुनर्निर्माणको कामसँगै रेडक्रसले भूकम्प प्रतिकार्य कार्यक्रम अन्तरगत स्थानीय नागरिकहरुलाई जीविकोपार्जनमा समेत सहयोग पुग्ने गरी काम गरेको थियो । भूकम्प प्रतिकार्य कार्यक्रम मार्फत भइरहेका सबै कामहरुलाई निरन्तरता सँगै दिगोपनका लागि स्थानीय तहलाई हस्तान्तरण गरिएको कार्यक्रम संयोजक जयराम बस्नेतले जानकारी दिनुभयो ।

उक्त कार्यक्रम रामेछाप नगरपालिकाका नगर प्रमुख नरबहादुर थापा र वडा नं. ५ का वडाध्यक्ष भिमबहादुर तामाङलाई रामपुरको र मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेत तथा मन्थली– १ का वडाध्यक्ष नारायणदास श्रेष्ठलाई सम्पूर्ण गतिविधिहरूको तथ्यांक तथा कार्यक्रमको विवरण सहितको दस्तावेज हस्तान्तरण गरिएको हो । पुनर्लाभका कार्यक्रम हस्तान्तरणमा बोल्दै जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले रेडक्रस रामेछाप अन्तर्गत भएका पुनर्लाभ कार्यक्रमबाट समुदाय एकिकृत रुपमा लाभान्वित भएको बताउनुभयो । त्यस्तै मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले स्थानीय सरकार र रेडक्रसको सहकार्यमा भएको काम राम्रो भएको भन्दै आगामी दिनमा पनि सहकार्य गरेर अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो ।

त्यसैगरी राष्ट्रिय पुननिर्माण प्राधिकरणका दिवत कुमार श्रेष्ठले पुनर्निर्माणमा रेडक्रस सरकारको सहयोगी भएर काम गर्दा पुनर्निर्माणमा नेपाल सरकारको लक्ष्य पूरा गर्न थप टेवा पुगेको बताउनुभयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रामेछापका सभापति शिवकुमार कार्कीले २०७२ को विनासकारी भूकम्प र तत्पश्चातका पराकम्पनबाट क्षति भएका जिल्लाहरुमा नेपाल रेडक्रस सोसाइटीले तत्काल आपत्कालिन सहायताका कार्यक्रम सञ्चालनमा ल्याएको र भविष्यमा विपदको सामना गर्नसक्ने गरी उत्थानशिल समुदाय निर्माण गर्न रेडक्रस सफल भएको बताउनुभयो । उहाँले विपन्न र संकटासन्न समुदायलाई मानवीय सहायता पु¥याएर पहिला भन्दा अझ सुरक्षित र सक्षम बनाउँनु कार्यक्रमको उद्धेश्य बमोजिम रामेछापको रामपुर र मन्थलिमा आवास, खानेपानी, सरसफाई तथा स्वच्छता, जिविकोपार्जन र स्वास्थ्य क्षेत्रमा विविध कार्यक्रम गरेको बताउँनुभयो ।

Share120Tweet12Share3

Related Posts

निलगंगा हाइड्रपावरको सार्वजनिक सुनुवाई स्थानियद्धारा बहिस्कार
आधारभूत

निलगंगा हाइड्रपावरको सार्वजनिक सुनुवाई स्थानियद्धारा बहिस्कार

१३ बैशाख २०७६, शुक्रबार
खिम्ती बेशीमा २ महिने झोला बनाउने तालिम
आधारभूत

खिम्ती बेशीमा २ महिने झोला बनाउने तालिम

१३ बैशाख २०७६, शुक्रबार
सुनकोशी ३ मा लागानी गर्न बंगालादेश सकरात्मक ः राजदूत चौधरी
आधारभूत

सुनकोशी ३ मा लागानी गर्न बंगालादेश सकरात्मक ः राजदूत चौधरी

१३ बैशाख २०७६, शुक्रबार
मन्थलीका मेयर र मिडियाको खबरदारी पछि माटो माथिको कालोपत्रेको काम रोकियो
देश

मन्थलीका मेयर र मिडियाको खबरदारी पछि माटो माथिको कालोपत्रेको काम रोकियो

१३ बैशाख २०७६, शुक्रबार
रामेछाप र मन्थली नगरको विकासका लागि कार्यदल निर्माण
आधारभूत

रामेछाप र मन्थली नगरको विकासका लागि कार्यदल निर्माण

१३ बैशाख २०७६, शुक्रबार
बाढिले खानीखोलाको झोलुङ्गे पुलमा  क्षति
पुर्वाधार

बाढिले खानीखोलाको झोलुङ्गे पुलमा क्षति

१३ बैशाख २०७६, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.