रामेछाप,२८ जेठ – रामेछापको मन्थलीमा माटो परीक्षण शिविर सम्पन्न भएको छ ।
३ दिन सम्म चलेको उक्त शिविरमा मन्थली नगरपालिका अन्तर्गतका विभिन्न स्थानको माटो परीक्षण गर्दा त्यहांको माटोमा धेरै समस्या नभएको पाइएको छ ।
सो शिविरको समापनका अबसरमा त्यसका प्राविधिकहरुले सो कुरा बताएका हुन् ।
माटो तथा मल परीक्षण प्रयोगशाला हेटौडाले रामेछापको मन्थलीमा आयोजना गरेको माटो परीक्षण शिविरमा परीक्षणका लागि ल्याइएका अधिकांश माटोको नमूनामा अम्लियपनको मात्रा अत्याधिक भएको भएपनि त्यसमा सुधार गर्न सकिने प्राविधिकहरुले बताएका छन् ।
प्रदेश कार्यालय हेटौडाका प्रमुख डाक्टर जनार्दन खड्का लगायतको विज्ञ टोलीले ३ दिन सम्म माटो परीक्षण गरेका थिए । जिल्लाका बिभिन्न स्थानबाट संकलित माटोको परीक्षणको क्रममा ५० प्रतिशत भन्दा बढि अम्लियपन पाइएको भन्दै कृषि प्राविधिकहरुले तत्काल उपाचारका लागि सुझाव दिएका छन् ।
कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र मन्थली नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न उक्त शिविरमा रामेछाप र दोलखा जिल्लाका समेत विभिन्न ठाउँका गरी कुल ५ सय ८ जना किसानबाट प्राप्त माटो परिक्षण गरिएको थियो । परीक्षणका क्रममा अम्लियपनको मात्रा धेरै पाइएकोले यसलाई प्राङ्गारीक र जैविक मलको प्रयोग मार्फत सुधार गर्नु पर्ने पनि प्रशिक्षक डा.जनार्दन खड्काले बताउनुभयो ।
उहाले अम्लियपन बढी भएको माटोमा कृषि चुन प्रयोग गर्न सुझाब दिनुभयो । प्रतिरोपनी ६० देखि १ सय केजी सम्म कृषि चुन प्रयोग गरेमा माटोमा देखिएको अम्लियपनमा घट्ने दाबि गर्नुभयो ।
कार्यक्रम समापनका क्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापका प्रमुख थिरलाल गैह्रेले उत्पादनको बृद्धिका लागि तीनै सरकारको सहयोग आबश्यक पर्ने पनि वताउनुभयो । उहाले परियोजनाले जुनार र आलु उत्पादन हुने क्षेत्रको माटो परीक्षण गराएको र तुलनात्मक रुपमा आलु भन्दा जुनार जोन क्षेत्रको माटो केहि मात्रामा राम्रो पाइएको जानकारी पनि दिनुभयो । उहाले भन्नुभयो – यस क्षेत्रको माटोमा अम्लियपन कम हुनुका साथै फस्फोरस र नाईट्रोजन र पोटासको मात्रा पनि धेरै कम रहेको छ
कार्यक्रममा रामेछाप ज्ञान केन्द्रकी प्रमुख निर्मला गुरुडले माटोको सुधारका लागि रासायनिक मलको प्रयोगलाई कम गर्दै गाईवस्तुको मल,जैबिक मल र कम्पोष्ट मलको प्रयोग बढाउनु पर्ने कुरालाई जोड दिनुभयो । उहाले माटोमा सुधार ल्याएर कृषि वाली उत्पादनमा बृद्धि गर्न किसानलाई चेतना अभिवृद्धि जस्ता कार्यक्रम सञ्चालन गर्नुपर्छ भन्दै कृषि चुन महंगो नभएपनि किसानलाई ढुवानी लगाएतका अन्य कार्यका लागि चुन प्राप्त गर्न कठिनाई हुने देखिएको बताउनुभयो ।
कार्यक्रममा रामेछाप ज्ञान केन्द्रकि प्रमुख निर्मला गुरुडले माटोको सुधारका लागि रासायनिक मलको प्रयोगलाई कम गर्दै गाईवस्तुको मल, जैबिक मल र कम्पोष्ट मलको प्रयोग वढाउनु पर्ने अवस्था देखिएको बताउनुभयो । ‘माटोमा सुधार ल्याएर कृषि वाली उत्पादनमा वृद्धि गर्न किसानलाई चेतना अभिवृद्धि जस्ता कार्यक्रम संचालन गर्नुपर्ने कुरा पनि बताउनुभयो । उहाले कृषि चुन महंगो नभएपनि किसानलाई ढुवानी लगाएतका कठिनाई हुने प्रति पनि चिन्ता ब्यक्त गर्नुभयो ।
उहाले भन्नुभयो – चरिचरण र पानीको अभाव एबं युवा शक्ति विदेशीन थालेपछि जिल्लामा पशुपालन घटेको छ । न्यून पशु संख्या भएका कारण किसानहरु रासायनिक मलको प्रयोग गर्दै आएका छन् ।
्मलको अभाव बढदै गइरहेको बेला रसायनिक मलको बैकल्पीक रुपमा प्राङ्गारीक (गाइवस्तु र वाख्राको) मल वाट काम चलाउन सकिन्छ की भनेर माटोको परीक्षण गरिएको पनि कार्यालय प्रमुख गुरुङ बताउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया