रामेछाप- रुकुम जिल्ला घर भई हाल रामेछापको सुनापति गाउँपालिकाको आर्थिक प्रशासन शाखामा कार्यरत बम बहादुर विकले मनास्लु हिमालको सफल आरोहण गर्नुुभएको छ । विकले गोरखा जिल्लामा रहेको ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमाल विहिबार बिहान ८ः०३ बजेको समयमा सफल रुपमा आरोहण गर्नुभएको हो ।
विकले निजमती कर्मचारीबाट मनास्लु हिमालको सफल आरोहण गर्ने आफू पहिलो भएको दाबी गर्नुभएको छ । उता पर्यटन विभागले मनास्लुको सफल आरोहण गर्नुभएका बम बहादुर विकले मनास्लु आरोहण गर्ने निजामती कर्मचारी समूहबाट आफू पहिलो भएको दाबी गरे पनि यस अघिका अभिलेखहरु हेरेर मात्र उहाँको दाबीलाई पुष्टी गरिने बताएको छ ।
नेपालको सातौ तथा विश्वको आठौँ अग्लो हिमालका रुपमा परिचित मनास्लु हिमालको सफल आरोहण पछि सगरमाथा हिमालको समेत आरोहण गर्ने आफ्नो इच्छा रहेको आरोही विकले बताउनुभयो । रुकुमको सानोभेरी गाउँपालिक– १० अर्माडाँडामा जन्मिनु भएका विकले पछाडी पारिएका समुदायले पनि विभिन्न सहासिक काम गर्न सक्छन भन्ने कुरालाई मनास्लु आरोहणले प्रमाणि भएको बताउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया