Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पत्रकारहरु हिमाली जिल्ला भ्रमणमा

नेपाल अभियान नेपाल अभियान
२ पुष २०७६, बुधबार
in पर्यटन
0
114
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– नेपाल भ्रमण बर्ष सन २०२० को सन्दर्भ पारेर पत्रकारहरुको टोली हिमाली क्षेत्रका पर्यटकिय गन्तब्यको अवलोकन गरी आबश्यक प्रचार प्रसार गर्न यहि मंसिर ३० गते देखि भ्रमणमा निस्कीएको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय पर्यटन विकास आयोजना प्रदेश नं ३ को आयोजना एबं नेपाल पत्रकार महासंघ ३ नं प्रदेश समितिको समन्वयमा आयोजना गरिएको उक्त भ्रमण ७ दिन सम्म चल्ने पत्रकार महासंघ ३ नं प्रदेशका महासचिब कृष्ण सारु मगरले बताउनुभयो । भ्रमणका सिलसिलामा मंगलबार रामेछाप आइपुगेका ३ नं प्रदेशका पत्रकार र पर्यटन बिकास आयोजनाको टोलीलाई पत्रकार महासंघ रामेछाप शाखाले स्वागत गरेको थियो ।

भ्रमणका अबसरमा मंगलबार बिहान मन्थलीमा आयोजना गरिएको भ्रमण बर्ष २०२० सम्बन्धि अन्तरकृया कार्यक्रममा सहभागि भएका अधिंकासं बक्ताहरुले जिल्लामा भएका संभाबित पर्यटकिय स्थलहरुको पहिचाहन गरी ति ठाउँहरुमा पर्यटकहरुलाई आकर्षण गरी पर्यटकिय गन्तब्य बनाउन सक्नु पर्ने कुरालाई जोड दिनुभयो ।

नेपाल पत्रकार महासंघ ३ नं प्रदेशका उपाध्यक्ष यदुनाथ गौतमको अध्यक्षता एबं जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्का को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अन्तरकृया कार्यक्रममा पत्रकारको टोलीले जिल्लाको संंभाबित पर्यटकिय र गन्तब्य स्थलहरुको पनि अबलोकन गरी त्यसको प्रचार प्रसारमा सहयोग गर्र्न अनुरोध गर्नु भयो ।

कार्यक्रमका अबसरमा बोल्दै प्रमुख खड्काले जिल्लाको शैलुङ क्षेत्र, खाँडादेवी, त्रिबेणि र थानापति महादेब, केबलेश्वर मन्दिर, उमातिर्थ जस्ता धार्मिक पर्यटकिय स्थल र मनोरम दृश्यावलोकनका लागि भालुखोप डाँडा, देउराली डाडा जस्ता स्थलहरु पनि पर्यटकिय क्षेत्र रहेको बताउनु भयो । उहाले सानो शैलुङ, शिवालय, शेर्दिङ, ठोसे फलाम खानी जस्ता स्थलहरुलाई पनि पर्यटकिय गन्तब्य बनाउन सकिने बताउनु भयो । मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले मन्थली नगरक्षेत्र भित्र रहेका थानापति महादेबको अबलोकन डुकुर सिं डाडा बाट दृश्याबलोकन तामाकोशी र सुनकोसीमा र्याफ्टिङ सञ्चालन गर्न सके पनि पर्याप्त पर्यटकहरु भित्रयाउन सकिने बताउनुभयो ।

कार्यक्रमका अबसरमा ने.क.पा.का जिल्ला नेता आनन्द श्रेष्ठ, नेपाली काग्रेसका सचिब लेख बहादुर कार्की जिल्ला समन्वय अधिकारी राजेन्द्र के सी, पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेल, रेडक्रस रामेछापका मन्त्री जय प्रकाश श्रेष्ठ, रामेछाप उद्योग बाणिज्य संघका महासचिब जगन्नाथ दाहाल एबं स्थानीय पत्रकारहरुले भ्रमण बर्ष सन २०२० सफल पार्न जिल्ला र स्थानीय स्तरले जुनसुकै मुल्य चुकाएर भएपनि जिल्ला मा बढि भन्दा बढि पर्यटकहरु भित्र्याउन सक्नु पर्ने कुरालाई जोड दिनुभयो ।

Share55Tweet25Share7

Related Posts

रामेछाप ‘मिस्टर एण्ड मोडेल सिजन–५’ र ‘लिटिल मोडेल असार भरि चल्ने
देश

रामेछाप ‘मिस्टर एण्ड मोडेल सिजन–५’ र ‘लिटिल मोडेल असार भरि चल्ने

२ पुष २०७६, बुधबार
मन्थली विमानस्थलमा भएको दुई पाइलट विचको बिवादको अनसुन्धान सुरु
पर्यटन

मन्थली विमानस्थलमा भएको दुई पाइलट विचको बिवादको अनसुन्धान सुरु

२ पुष २०७६, बुधबार
रामेछापको जुनारको गुणस्तरीयतामा बृद्धि, बगैचाबाटै विक्रिहुन थाल्यो
कृषि

रामेछापको जुनारको गुणस्तरीयतामा बृद्धि, बगैचाबाटै विक्रिहुन थाल्यो

२ पुष २०७६, बुधबार
खिम्ती बेशीमा २ महिने झोला बनाउने तालिम
आधारभूत

खिम्ती बेशीमा २ महिने झोला बनाउने तालिम

२ पुष २०७६, बुधबार
सुनकोशी ३ मा लागानी गर्न बंगालादेश सकरात्मक ः राजदूत चौधरी
आधारभूत

सुनकोशी ३ मा लागानी गर्न बंगालादेश सकरात्मक ः राजदूत चौधरी

२ पुष २०७६, बुधबार
रामेछाप र मन्थली नगरको विकासका लागि कार्यदल निर्माण
आधारभूत

रामेछाप र मन्थली नगरको विकासका लागि कार्यदल निर्माण

२ पुष २०७६, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.