रामेछाप- दश महिना अघि रामेछापको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लिएर रामेछाप आउनुभएकी प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेले पहिलो पटक बैशाख १६ गते रामेछापका पत्रकारहरुसँग कुरा गर्दै जिल्लामा शुसासन कायम गर्छु भन्दै प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

त्यसको ठिक दश महिना पछि उहाँको रामेछाप जिल्ला प्रशासन कार्यालयबाट गृह मन्त्रालयमा सरुवा भयो । दश महिनाको अवधिमा प्रजिअ केसी पाण्डेले आम नगरिकले महसुस गर्ने गरी काम गर्नुभएको छ । विषेश गरी उहाँले आफ्नो कार्यकालमा शान्ति सुरक्षालाई मजबुद बनाउने, अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउने, सडक सुरक्षा, सरकारी एवं गैरसरकारी कार्यालयमा सुशासन कायम, कार्यालयबाट प्रवाह हुने सेवामा सहजतासँगै जिल्लाभरी नै सामाजिक रुपान्तरणका अभियान समेत चलाउनुभयो । उहाँले रामेछापको अति दुर्गम मानिने गुम्देलको लाछेवार र गौश्वरा सम्म पुगेर नागरिकको गुनासो सुन्ने र त्यसलाई समधान गर्ने अभियान समेत चलाउनुभयो । जसकाे कारण स्थानीय नागरिकले आफ्नो समस्या प्रजिअसामू राखेका थिए ।

मंगलबार कर्मचारी मिलन केन्द्र रामेछापले आयोजना गरेको प्रजिअ केसी पाण्डेको विदाई कार्यक्रममा सहभागी भएका स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका नेता, संघसंस्थाका प्रतिनिधि, पत्रकार लगायत स्थानीय नागरिकले रामेछाप बसाईको क्रममा प्रमुख जिल्ला अधिकारीले आम नागरिकको पक्षमा काम गरेको खुलेर प्रशंसा गरेका थिए ।
लिला कुमारी केसी पाण्डे रामेछाप आउनुभएपछि प्रवाह भएका सेवा एवं काम



प्रजिअ केसी पाण्डेले रामेछापमा गरेका केही नमूना कामहरु
जिल्लामा शुसासन कायम गर्छु : प्रजिअ के.सी.
‘नागरिकको काम नगर्ने कार्यालय रामेछापमा राखिन्न’ : मन्त्री ढुङ्गेल
सिडियोको निर्देशन नै मान्दैनन् रामेछापका कार्यालय प्रमुख, कार्यालय समयमा कुर्सी खाली !
बाहिर कस्मेटिक पसलको बोर्ड, भित्र तासको व्यापार !
मेयर र सिडियोले सफा गरिदिनु पर्ने मन्थली बजार !
रामेछापको बजारमा अखाद्य बस्तुको विगविगी, सुध्रिएनन् व्यापारी ! (सूची सहित)
पीडित परिवारको घरमै पुगेर राहात रकम
मन्थलीका हार्डवेयर पसलमा छापा, नाम चालेका पसलमा म्याद गुज्रेका सामाग्री !
जिल्ला प्रशासनमा अब नागरिकता मात्रै हैन, निःशुल्क स्वास्थ्य परिक्षण पनि
एकै दिनमा ६१ कर्मचारी अनुपस्थित, सेवाग्राहीको काममा समस्या












यो बारेमा तपाईको प्रतिकृया